Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Facebook Badge

Followers

" नाता न साईनो मात्र हो स्व्छ, पवित्र , मित्रताको बन्धन नै माया हो ! " ~~ उषा ~~. Powered by Blogger.
sound Hits FM LIVE
sound BFBS FM LIVE
sound Maitri FM LIVE
sound Janaki FM LIVE
sound Nepal FM LIVE
sound Jhatka FM LIVE
sound Ujyalo FM LIVE
sound RESUNGA FM LIVE
sound Gorkha FM LIVE
Contact Page

३० जेठ, काठमाण्डौ । करिव आधा दर्जन नेपाल चलचित्रमा अभिनय गरेकी नायिका जेसिका खड्काले गएराती आत्महत्या गरेकी छिन् ।

उनी भाडामा बसिरहेको बसन्तपुरस्थित डेरामा सलले पासो लगाई झुण्डिएको अबस्थामा फेला परेकी छिन् । बसन्तपुरमा उनी करिव १७ बर्षका आफ्नै भाइ युनिक खड्कासँगै बस्दै आएकी थिइन् ।

केही बर्षअघि इटहरीमा गायक प्रकाश ओझासँगको यौन कृयाकलापको भिडियो सार्वजनिक भएपछि चर्चामा आएकी ज्योति खड्का चलचित्र क्षेत्रमा प्रवेश गर्दा नाम परिवर्तन गरेर जेसिका खड्का बनेकी थिइन् ।

प्रारम्भिक अनुसन्धान र घटनासँग जोडिएका पात्रहरुसँगको बयानका आधारमा प्रहरीले डिप्रेसनका कारण खड्काले आत्महत्या गरेको ठहर गरेको छ । उनको शवलाई शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको छ । प्रारम्भिक रिपोर्टमा उनले मदिरा सेवन गरेको अबस्थामा आत्महत्या गरेको पाइएको छ ।
पारिवारिक स्रोतका अनुसार भिडियो सार्वजनिक भएसँगै उनमा डिप्रेसन सुरु भएको थियो । पछिल्ला दिनसम्म पनि अपरिचित मानिसहरुले सेक्स प्रस्ताव राख्दै फोृन गरेर हैरान पार्दा उनी तनावमा हुन्थिन् ।

गएराती पछिल्लोपटक जेसिकासँग फोन गरेका चलचित्रकर्मी बालदिप राईलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । राईले जेसिकासँग आफ्नो गहिरो प्रेम रहेको स्वीकार्दै गएराती फोनमा केही भनाभन भएको बताएका छन् । तर आत्महत्या नै गर्नुपर्ने गरि झगडा नभएको उनले बताए ।

जहाँ गएपनि नाङ्गो भिडियोकै चर्चाले पछ्याएपछि उनी निकै तानाव र डिप्रेसनमा रहने गर्दथिन । जसका कारण उनमा मदिराको लत बसेको थियो । पछिल्लो समयमा त उनी मदिराबिना निदाउनै नसक्ने अबस्थामा पुगेको बताइएको छ । गएराती खाना खाएर आफ्नो कोठामा गएर सुतेकी दिदी बिहान नउठेपछि भाईले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले ढोका फोडेर हेर्दा सलले पासो लगाएर झुण्डिएको अबस्थामा भेटिएकी थिइन् ।

आफुले किन आत्महत्या गर्नुपर्‍यो भन्नेबारेमा उनले सुसाइड नोट पनि लेखेकी छैनन् । खड्काको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेपनि परिवारका सदस्य आउन ढिलाई भएका कारण भोलीमात्र अत्येष्टि गरिने बताइएको छ ।

0 comments

Post a Comment

हामी नेपाली जहाँ बसे पनि आफ्नो कर्तब्य अनि परिवार र नेपाल लाई कहिले बिर्सनु हुदैंन पुरानो गाउ क्या राम्रो ठाउँ मेरो नेपाल !! स्मृति त्यसलाई भनिन्छ जो सधै हृदयको तान्क्का भित्र लुकेको हुन्छ मित्रता त्यसलाई भन्छु म जो जति टाडा भए पनि यादले सताई रहेको हुनेछ नमस्कार सबै मा

सुन्दर सपना स्वच्छ भावना असल मित्रको हरपल सम्झना .. उषा भुजेल

allowscriptaccess="always">
Hosted by

Popular Posts

Nepali Calendar

Free counters! Online Sahityik Blog
Related Posts Plugin for WordPress, Blogger...