ब्लग दुनियामा रमाउने सानो मेरो एक आफ्नै प्रयास
म , मेरो कविता , गजल ,मुक्तक भिडियो पोस्ट गर्छु !!
मुटु भित्र गुम्सिएको भावना र प्रतिभाहरुलाइ
गीत ,गजल .मुक्तक , कवितामा छ्च्ल्काउने गर्छु !!
जीवनमा आईपरेको हरेको दुख र सुखलाई
मेरो आफनै भाषाशैली, लहरमा उतार्ने गर्छु !!
दिनभरिको कार्ययोजनालाई लिस्ट तयारपारि
एक गीत र कविताको भावमा प्रस्फुटन गर्छु !!
मेरो आफ्नै कथा , आफ्नै ब्यथा, मेरो संसार
म तेही रमाउछु, म तेही हराउछु म तेही हुन्छु !!
जीवनको संघर्सलाइ धागोको मालामा उन्छु
तेही मालालाइ मेरो संसारमा जम्मा गर्छु !!
-उषा भुजेल
0 comments